सुरेश धामी, बझाङ
बझाङमा एक चार वर्षीया बालिका यौनहिंसाको भएकी छन् । बालिकालाई झाडीले छेकिएको एक सुक्खा ट्याङ्कीभित्र लगेर यौनदुराचार गरी संवेदनशील अंग चलाएको भन्दै खप्तडछान्नाका एक किशोरविरुद्ध उजुरी परेको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका -६ का एक किशोरले गोठालो गएकी चार वर्षीया बालिकालाई ललाइफकाई बालिकाको संवेदनशील अंग चलाएको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । यही कात्तिक २ गते बेलुका ४ बजे घट्टेबगर भन्ने ठाउँमा गोठालो गएको आकाशे सिँचाइ खानेपानी आयोजनाको ट्याङ्कीभित्र लगेर बालिकामाथि यौनहिंसा गरिएको प्रहरीले जनाएको छ ।
बेलुकी ४ बजेसम्म पनि बालिका घर नफर्किएपछि बालिकाकी दिदी नाता लाग्नेले घट्टेबगरमा खोज्दा नभेटिएपछि किशोरलाई बोलाउँदा आकाशे सिँचाइ खानेपानी आयोजनाको सुख्खा ट्यांकीबाट निस्किएको र बालिका कहाँ छ भनी सोध्दा थाहा छैन भन्ने जवाफ दिएको जनाइएको छ । किशोरले थाहा छैन भन्ने जवाफ दिएपछि बालिकाकी दिदीले आशंका गरी ट्याङ्कीभित्र हेर्दा बालिका नाङ्गै अवस्थामा रोइरहेको फेला परेको प्रहरीको भनाइ छ ।
बालयौन दुराचार गरेको भन्दै ती किशोरलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले बताए ।
प्रतिक्रिया