२४ घण्टामा थप २६ जनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९१

२४ घण्टामा थप २६ जनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९१



पछिल्लो २४ घण्टामा नेपालमा २४,५७४३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या १,४४,८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएअनुसार काठमाडौं उपत्यकामा बुधबार थप ३,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका २,३९१, भक्तपुरका १७३ र ललितपुरका ५४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २,९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ९९,६०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २०,११८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४,४७६ रहेको छ भने ४,०६५ जना क्वारेन्टिनमा छन्।