नेपालमा कोभिड संक्रमितको कुल संख्या १,५३,००५ पुग्यो, मृतक संख्या ८२९

नेपालमा कोभिड संक्रमितको कुल संख्या १,५३,००५ पुग्यो, मृतक संख्या ८२९



नेपालमा कोरोना संक्रमितको संख्या १,५३,००५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४,४९९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको कुल संख्या डेढ लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २,७२० कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २,३५७ जना, भक्तपुरमा १२७ र ललितपुरमा २२६ नयाँ संक्रमित थपिएका हुन् । थपिने संक्रमितमा १,०९२ महिला र १,६२८ पुरुष रहेका मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार थपिएका सत्रसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

मन्त्रालयले हालसम्म निको भई डिस्चार्ज हुने व्यक्तिको संख्या १,०५,४८८ पुगेको जनाएको छ ।