नेपालमा कोरोना संक्रमितको संख्या १,६८,२३५ पुग्यो, मृतक संख्या ९२०

नेपालमा कोरोना संक्रमितको संख्या १,६८,२३५ पुग्यो, मृतक संख्या ९२०



पछिल्लो २४ घण्टामा नेपालमा थप ३,५१७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,६८,२३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार थप १,८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका १,५०८, भक्तपुरका १३१ तथा ललितपुरका २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४,०९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १,२८,९५८ पुगेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४,९८९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८,३५७ रहेको छ भने २,६६६ जना क्वारेन्टिनमा छन्।