लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा गर्ने तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा गर्ने तयारी



विशेष प्रतिनिधि, दाङ

लुम्बिनी प्रदेश स्थायी राजधानी तोकिएसँगै हिउँदे अधिवेशनको तयारीका लागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीसहितको टोलीले देउखुरीका विभिन्न क्षेत्रको निरीक्षण गरेका छन् ।

स्थायी राजधानी देउखुरी तोकिएसँगै हिउँदे अधिवेशन देउखुरीमा गर्न थालिएको हो । लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न सम्भव भए-नभएको बारेमा टोलीले अध्ययन एवं छलफल गरेको हो ।

तिहार पछि हुने हिउँदे अधिवेशन देउखुरीमा गर्ने तयारी गरिएको छ । १६ विघा क्षेत्रफलमा राप्ती प्राविधिक शिक्षालय भएकाले प्रदेशसभा सञ्चालन गर्न उपयुक्त रहेको कुरा उठेपछि निरीक्षण तथा छलफल गरिएको बताइएको छ ।