नेपालमा कोरोना संक्रमितको कुल संख्या १,७३,५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २,८२४ संक्रमित थपिएपछि कुल संख्या करिव पौने दुई लाखनजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आइतबार थप १,६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका १,३६२, भक्तपुरका ९६ र ललितपुरका १६४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ।
मन्त्रालयका अनुसार आइतबार २,२४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,३४,८४२ पुगेको छ ।
प्रतिक्रिया