नेपालमा कोरोना संक्रमितको आधिकारिक संख्या १,७६,५०० पुगेको छ। पछिल्लो २४ घण्टामा २९३३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सोमबार थप १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका १,३२९, भक्तपुरका १०८ र ललितपुरका १९३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार ३१५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,३७,९९२ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको पनि मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया