राजसंस्थाको पक्षमा युवाहरुको विशाल ऱ्याली

राजसंस्थाको पक्षमा युवाहरुको विशाल ऱ्याली



■ विशेष प्रतिनिधि, रुपन्देही


रुपन्देहीमा राजसंस्थाको पक्षमा मोटर साइकल ऱ्याली निकालिएको छ । वीर गोर्खाली नामको अभियानका अभियन्ताहरुको आयोजनामा निकालिएको ऱ्याली मणिग्रामबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगी समापन भएको थियो ।

तीन हजार भन्दा बढी मोटरसाइकलमा युवाहरु स्वस्फुर्त रुपमा सहभागी भइ “मेचीकाली हल्ला छ, राजा आउने सल्लाह छ, २०७२ सालको संविधान खारेज गर, २०४७ को लागु गर, यो देश कसको राजाको, राजा कसको जनताको लगायतका नाराहरु लगाएका थिए ।

ऱ्यालीपश्चात् कोणसभामा वसन्त विक्रम पाण्डे, डिल्लीराम खनाल, सौरभ भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

वीर गोर्खाली नामको अभियान सुरु गरि देशब्यापी रुपमा देश र श्रीपेच जोगाउने अभियानमा लागेको र एक हप्तापछि विराटनगरमा राजाको समर्थनमा ऱ्याली निकालिने वीर गोर्खालीका अभियन्ता सन्तोष राजावादीले जानकारी दिए ।