पूर्वसभामुख महरालाई पत्नीशोक !

पूर्वसभामुख महरालाई पत्नीशोक !


पूर्व माओवादी नेता, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको उपचारका क्रममा मृत्यु भएको छ । यही कात्तिक १५ गतेदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज बिहान निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको र सो क्रममा निमोनिया एवम् स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा श्रीमती महरामा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

दिवंगत महराका श्रीमान, दुई छोरी र दुई छोरा छन् ।