नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १,८२,९२३ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १,८२,९२३ पुग्यो


प्रहरीले तीन सय शय्याको कोभिड अस्पताल बनाउने

नेपालमा बुधबार कोभिड–१९ का ३, ३०९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार थपिएका सङ्क्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार तीन सय चार रहेका छन् ।

मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार सङ्क्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको जानकारी दिए । बताइएअनुसार आजसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या १,८२,९२३ पुगेको छ ।

काठमाडौं उपत्यकामा बुधबार १,८७८ सङ्क्रमित थप भएका छन् । काठमाडौं जिल्लामा १,५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका सङ्क्रमितमध्ये १,१४१ पुरुष र ७३७ महिला छन् । उपत्यकाकाका काठमाडौंमा १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ र भक्तपुरमा एक हजार ११४ सक्रिय सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौंमा १० हजार ९३१, ललितपुरमा दुई हजार २४५ र भक्तपुरमा एक हजार ७३० छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १२२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २०२ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १२ दशमलव तीन प्रतिशत छ । क्वारेन्टिननमा रहेकाको सङ्ख्या एक हजार ३०५ छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल ३० हजार १३१ होम आइसोलेशन र छ हजार ७८० संस्थागत आइसोलेशनमा छन् । प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३०९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७१०, लुम्बिनीमा दुई हजार ७३८, कर्णालीमा २७० र सुदूरपश्चिम प्रदेशमा ९८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेशनतर्फ प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १८५, गण्डकीमा ८९५, लुम्बिनीमा ४४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ ।

देशभरमा आज ३७९ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ सङ्क्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

यसैबीच सरकारले नेपाल प्रहरी अस्पतालले ३०० शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ ।

घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन प्रवक्ता गौतमले अनुरोध गरेका छन् । ‘होम आइसोलेसन’मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनको आग्रह छ ।