नेपालमा पछिल्लो २४ घण्टामा थप ३,०५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,८५,९ ७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीबार थप १,३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंका १,०९१, भक्तपुरका १४७ तथा ललितपुरका १६० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,०५२ पुगेको छ।
बिहीबार ३,४३० जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या १,४८,४०४ पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया