कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते



नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।

यस अघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहीबार भएको बैठकमा सहभागीहरूले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि (२१ कात्तिक) पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिनको १२ः३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

उता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले नेकपाका शीर्ष नेताले आगामी महाधिवेशनको संघारका बीचमा आपसी मनमुटाव, प्रतिस्पर्धा र होडबाजीलाई त्यागेर मुलुक र जनतालाई केन्द्रबिन्दु बनाउनमा एकजुट हुन आग्रह गरेका छन् ।

पार्टीको एकीकृत प्रक्रियालाई दरिलो बनाउन र भविष्यमा महाधिवेशनबाट युवा जमातलाई पनि पार्टीको नेतृत्वमा क्षमतावान बनाई जिम्मेवारी दिन उनको आग्रह छ । शीर्ष नेतृत्वमा रहेका ७० वर्ष नाघेकाले राजनीतिबाट विश्राम लिनुपर्ने सुझावसमेत उनले दिएका छन् ।

पार्टीका सबै तहका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी जिम्मेवारी लिन नहुने पनि उनको प्रस्ताव छ ।