नेपालमा संक्रमित १,८८,८८३ जना, मृतकको संख्या १,०७०

नेपालमा संक्रमित १,८८,८८३ जना, मृतकको संख्या १,०७०



पछिल्लो २४ घण्टामा नेपालमा थप २,९०९ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका २,९०९ जना सँगै नेपालमा कोरोना संक्रमितको संख्या १,८८,८८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा शुक्रबार थप १,३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका १,०३०, भक्तपुरका १२१ र ललितपुरका १८७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, शुक्रबार कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । शुक्रबार प्रप्त यस तथ्याँकसहित नेपालभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १,०७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार ४,००५ जना कोरोनासंक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,५२,९०८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४,९०५ रहेको छ भने १,२५४ जना क्वारेन्टिनमा छन् ।