सत्तारुढ नेकपाका सचिवालय सदस्यहरु कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेट गरेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री ओलीविरुद्ध पार्टीभित्र लविइङ गर्दै आएका उल्लिखित नेताहरु शुक्रबार धुम्बारी्हीस्थित पार्टी कार्यालयमा छलफलमा भेला भएका थिए ।
ज्ञातव्य छ, अध्यक्ष ओली सचिवालय बैठक बोलाउनुअघि दुई अध्यक्षबीच सहमति हुनुपर्ने अडानमा छन् । यत्तिकै बैठक बोलाउँदा समस्याको निकास निस्कने भन्दा पनि भाँडभैलो मच्चिन सक्ने तर्क उनले विश्वासपात्रहरुसँग राख्दै आएका छन् । जबर्जस्ती गुटको भेला गर्ने उपक्रम जारी रहे पार्टी दुर्घटनामा पर्न सक्ने उनको धारणा छ । तर, ओलीको यस भावनाको सहअध्यक्ष प्रचण्डले उपेक्षा गर्दै आएका छन् । ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर पदबाट हटाउने रणनीति प्रचण्डले अख्तियार गरेको चर्चाले यतिबेला राजनीतिक वृत्त तातेको छ ।
प्रतिक्रिया