नेपालमा पछिल्लो २४ घण्टामा २,७५३ जना कोरोना संक्रमित थपिएर कुल संक्रमित संख्या १,९१,६३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार (२२ कात्तिक) काठमाडौं उपत्यकामा थप १,५१२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १,२९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जनामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २,२०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,५५,११४ पुगेको छ । यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ३५,४३५ रहनुका साथै १,१४४ जना क्वारेन्टिनमा रहेका बताइएको छ ।
पछिल्लो २४ घण्टाभित्र थप १७ जनाको कोरोनाबाट मृत्यु भएको र कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालभर १,०८७ पुगेको छ।
प्रतिक्रिया