घोडाबाट लडेर सामान्य घाइते भएका मुख्यमन्त्री शाहीलाई हेलिकप्टरबाट उद्धार

घोडाबाट लडेर सामान्य घाइते भएका मुख्यमन्त्री शाहीलाई हेलिकप्टरबाट उद्धार



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।

शुक्रबार हुम्ला पुगेका शाही सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर घाइते भएका हुन् ।

सदरमुकामबाट गाडीमा सवार भएका शाहीलाई स्थानीय लामा समुदायले घोडामा चड्नका लागिस्वागत गरेका र शाहीले चढेको घोडा तर्सिंदा लडेर घाइते हुन पुगेका नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

सामान्य घाइते मुख्यमन्त्री शाहीलाई सिमकोटबाट हेलिकप्टर गई उद्धार गरी सदरमुकाम ल्याइएको बताइएको छ ।

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता विमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।