न्यायपरिषद् सदस्य नियुक्तिका लागि नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । शनिबार बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौं बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने सर्वसम्मत रुपमा निर्णय गरेको हो ।
बारका महासचिव लीलामणि पौडेलले जानकारी दिएअनुसार वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ । बारका तर्फबाट न्यायपरिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको र यस सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया