पछिल्लो २४ घण्टामा नेपालमा थप २,८१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १,९४,४५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,५३३ जना संक्रमित थपिएका जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १,२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, आइतबार २,८१२ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या १,५७,९२६ पुगेको बताइएको छ।
आइतबारसम्ममा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १,१०८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या एघार सय नाघेको हो ।
प्रतिक्रिया