सञ्चारक्षेत्रको माध्यमबाट नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने सञ्चारमन्त्रीको धारणा

सञ्चारक्षेत्रको माध्यमबाट नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने सञ्चारमन्त्रीको धारणा



सरकार परिवर्तन नहुने दाबी


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट्याएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको र यही सरकारले देशको विकास गर्ने भन्दै उनले सबै कर्मचारीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।

नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने तर्क गर्दै भने, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’

जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुरुङले निजामती कर्मचारीको अधिकारका निम्ति सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

जतिसक्दो चाँडो सङ्घीय निजामती सेवा ऐन संसदबाट पारित गर्ने प्रतिबद्धताका साथ उनले सरकारले मन्त्रालयअन्तर्गतका सञ्चारमाध्यम र अन्य विभागलाई नयाँ गतिका साथ अगाडि बढाउने र सञ्चार क्षेत्रको माध्यमबाटै नेपाललाई भ्रष्टचारमुक्त देश बनाउने धारणा राखे ।