नेपालबाट नेगेटिभ रिपोर्ट लिएर जापान आइपुगेका सात नेपालीमा कोरोना संक्रमण पुष्टि

नेपालबाट नेगेटिभ रिपोर्ट लिएर जापान आइपुगेका सात नेपालीमा कोरोना संक्रमण पुष्टि


थप सतर्कताको लागि नेपाल एयरलाइन्सलाई चेतावनी

विशेष प्रतिनिधि, टोकियो (जापान)


यही नोभेम्बर ६ तारिखको उडानमा जापान आएका ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालबाट संक्रमित नरहेको रिपोर्ट लिएर आएका उनीहरुमा जापानको विमानस्थलमा गरिएको परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

यसरी संक्रमित हुनेमा दुई महिला र पाँच जना पुरुष रहेका छन् । विगतमा जस्तै यस पटकका संक्रमितहरुमा पनि खासै कुनै लक्षण देखिएको थिएन ।

पछिल्लो पटक थपिएका सात जनासहित जापानको एयरपोर्टमा कोरोना संक्रमित पुष्टि हुने नेपालीको संख्या ४३ पुगेको छ । संक्रमितहरुमध्ये अधिकांश निको भएर डिस्चार्ज भइसकेका छन् ।

ज्ञातव्य छ, एयरपोर्टमा धेरै संक्रमित भेटिन थालेपछि केही दिनअघि नेपाल एयरलाइन्सलाई थप सतर्कताको लागि जापानको सम्बद्ध निकायबाट चेतावनी दिइएको थियो ।