नेपालमा कोरोनासंक्रमितको संख्या दुई लाखनजिक

नेपालमा कोरोनासंक्रमितको संख्या दुई लाखनजिक



पछिल्लो २४ घण्टामा नेपालमा थप २,५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं उपत्यकामा १,४२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,१३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १,९७०२४ पुगेको छ ।

यस्तै, संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । यस क्रममा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१२६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार यतिबेला देशभर ४११ जनाको आइसीयु र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।