नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला नेता मधुसुदन बजगाईंलाई काभ्रेपलाञ्चोक प्रहरीले बुधबार पक्राउ गरेको छ ।
धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेतका बजगाईंलाई निवासबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनका अनुसार बजगाईंलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धम्की दिई जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।
बजगाईंलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता गराई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।
प्रतिक्रिया