पछिल्लो २४ घण्टामा देशभर गरी १,४७७ जना कोरोनासंक्रमित थपिएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या २,०९,७७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित देखिएका छन् । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ भने हालसम्म देशभर एक १,२२१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा २,७९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या १,७३,४३० पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया