सोमबार नेपालमा १,१९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालभर कोरोनासंक्रमितको संख्या २,१०,९७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । काठमाडौं जिल्लामा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
उपत्यकामा थपिएका नयाँ संक्रमितमध्ये २१२ जना महिला र २८९ जना पुरुष छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गएको छ। हालसम्म देशभर १,२३० जनाको कोरोनाका कारण ज्यान गएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,९३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,७६,३६४ पुगेको छ।
प्रतिक्रिया