वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झाको निधन भएको छ । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)का प्राध्यापक समेत रहेका डा. झाको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको हो ।
हाल मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झा करिव एक महिनादेखि कोरोनाबाट संक्रमित थिए ।
मधुमेह र पार्किन्सन्स रोगको समस्या रहेका डा. झाको उपचार शुरुमा नर्भिक अस्पतालमा गरिए पनि पछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारको लागि सबै खाले विधि एवम् प्रयत्न गर्ने क्रममा रेमडिसिभिर, प्लाज्माथेरापी गरिए पनि स्वास्थ्यमा सुधार नआएको बताइएको छ । बताइएअनुसार तीन सातादेखि उनी भेन्टिलेटरमै थिए ।
चिकित्सक झाको फोक्सोमा निमोनियाका दाग देखिइरहेको चिकित्सकहरुले बताएका थिए ।
स्वास्थ्य तथा अन्य समसामयिक विषयमा कलमसमेत चलाउने गरेका दिवंगत झा नेपालका चर्चित पत्रकार स्वर्गीय चन्द्रलाल झाका जेष्ठ पुत्र हुन् ।
प्रतिक्रिया