कुल संक्रमित संख्या २,११,४७५
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १,२४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार मंगलबार ५०२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २,११,४७५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २,८७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् । उपत्यकामा मंगलबार थपिएकामा १४६ जना महिला र १९३ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया