आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापना भएको छ ।
साहित्यका क्षेत्रमा काम गरिरहेको कुञ्जका निम्ति स्थापना गरिएको बागलुङको गलकोट क्षेत्रकै यो पहिलो पुरस्कार हो ।
जापानमा लामो समय बसेर घर पुग्नासाथ स्वर्गारोहण हुनुभएको अदम कुमारी खत्रीको आज ४५ औँ पुण्य र पुज्य तिथी हो । आजको पुण्य दिनमा आमा ‘अदम कुमारी मेमोरियल फाउण्डेशन’ स्थापना गर्ने घोषणा गरिएको स्व.अदम कुमारी खत्रीका ८६ वर्षीय श्रीमान मानबहादुर खत्री, एक छोरी र पाँच भाइ छोराहरुले जानकारी गराउनुभयो ।
आमाका सपनाहरु सेवा कर्महरु र सम्मानमार्फ़त स्मरण गरिरहन फाउण्डेशनमार्फत सकियोस् भनेर आजकै दिन आमा फ़ाउन्डेशनबाट ‘आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कार’को स्थापना गरिएको फाउन्डेशनका दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । वहाँले भन्नुभयो, ‘गलकोट क्षेत्रका नारी हस्ताक्षरका निम्ति स्थापना गरिएको यो पहिलो पुरस्कार हो भन्ने जानकारी पाउँदा खुसी लागेको छ, यो अवसरका निम्ति गलकोट साहित्य कुञ्ज परिवारका प्रति आभार टकाउनु टक्राउँदछु ।’
पुरस्कारको स्थापना गरिदिनुहुने आमा फाउन्डेशनमा संरक्षक मानबहादुर खत्री, छोरी देवी खत्री, छोराहरु देवबहादुर खत्री, तोपनारायण खत्री, कर्णबहादुर खत्री, ज्ञानबहादुर खत्री र दुर्गाबहादुर खत्री बागलुङ गलकोट नगरपालिका ५ डानसेनडाँडा निवासी हुनुहुन्छ ।
प्रतिक्रिया