नेपालमा पछिल्लो २४ घण्टामा २,१०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या २,१५,०२० पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १,२२९ जना संक्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ७१६ पुरुष र ५१३ महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै, काठमाडौंमा सक्रिय संक्रमितको संख्या १२,४४१, भक्तपुरमा ९८९ र ललितपुरमा २,२४४ रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या अब १,२७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २,८५८ जना कोरोना संक्रमित डिस्चार्ज भएका र यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १,८५,६३८ पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया