पछिल्लो २४ घण्टामा नेपालमा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २,१६,९६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार थप १,१०७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ८६२, भक्तपुरका ७१ तथा ललितपुरका १७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १,२९८ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १,९१,००२ पुगेको छ।
प्रतिक्रिया