एघार वर्षीया बालिकालाई कार्यकक्षमा बोलाएर प्रिन्सिपलद्वारा यौन दुराचार

एघार वर्षीया बालिकालाई कार्यकक्षमा बोलाएर प्रिन्सिपलद्वारा यौन दुराचार



११ वर्षीया बालिकालाई आफ्नो कार्यकक्षमा बोलाई यौन दुराचार गर्ने एक शिक्षक पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल ४० वर्षीय यम खान पक्राउ परेका हुन् ।

खानमाथि यही मंसिर ९ गते दिउँसो १२ बजेको समयमा ती बालिकालाई आफ्नै कक्षमा बोलाएर भित्री बस्त्र खोल्न लगाएर गोप्य अंग समाउने कार्य गरेको गम्भीर आरोप छ ।

विद्यालयमा पढ्न आएकी आफ्नी छोरीमाथि प्रिन्सिपलले यौन दुराचार गरेको भन्दै पीडितकी आमाले प्रहरीसामु उजुरी दिएकी थिइन् ।

पीडक खान कपिलवस्तु नगरपालिका वडा नं. १ का हुन् । गम्भीर आरोप लागेका खानमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले खानमाथि बालयौन दुराचार अपराधमा मुद्धा दर्ता गरेको छ ।