हिन्दूलाई मंगोल, काला वा आर्य कसको धर्म भन्ने : हल्ला र केही यथार्थ

हिन्दूलाई मंगोल, काला वा आर्य कसको धर्म भन्ने : हल्ला र केही यथार्थ



■ दामोदर पौडेल


नेपालका शाह राजाहरूको पुर्खा मुसलमानबाट हिन्दू बनेका इतिहास छ । शाह पदवी नै मुसलमानको हो र खानहरू पनि मुसलमान हुन् भन्ने प्रचार पनि हुने गरेको छ । शाह पदवी हिन्दूराजालाई मुसलमान राजाले दिएको पाइन्छ ।

इरानका अन्तिम राजा राज शाह रेजा पहल्वी थिए । तर, उनको दरबारमा खराउ थियो र त्यो खराउ राम जङ्गल जाँदा छोडेको पनि भन्ने गरिन्थ्यो । इरान पहिला भारतवर्षको नै हिस्सा थियो । पारसी धर्म नै इरान, इराक र कुवेतको धर्म थियो । पारसीहरू प्रकृति, जीवजन्तुहरूका पुजक पनि मानिन्छन् । यसरी शाहको पदवी धर्मसँग सम्बन्धित नभएर परम्परादेखि चलिआएको पदवी हो । भारतका प्रख्यान हिन्दू नेता अमित शाह हिन्दू नै हुन् । भारतमा प्रशस्त हिन्दू शाह छन् ।

नेपालका पूर्वराजाहरू खान वंशका भएको कुरा सत्यको नजिक देखिन्छ । नेपालमा पनि धेरै खान वा खाँड थरका मनिसहरू छन् । इतिहासको राम्रो जानकारी नभएर मंगोल खानसँग सबै खानको नाम जोडिएको पनि हुन सक्दछ । चौधरी, माडवारी, जनजाति आदि धेरैमा मोदी थर भएको देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनजाती हुन् । विश्वकर्मालाई दक्षिण भारतमा वाहुन, बीचतिर क्षेत्रिय तथा बैस्य र नेपालका कतिपय ठाउँमा समेत दलितको रूपमा हेरिन्छ । त्यसकारणले परिवेशअनुसार जात र सम्बन्धहरू रहेका पाइन्छन् । हिन्दू खानहरू कस्मिर, नेपाल तथा भारतका धेरै ठाउँमा पाइन्छन् ।

रारिख फतेह त पठान तथा खानहरू हिन्दू राजपुतबाट मुसलमान बनेका हुन् भन्दछन् । अफगानिस्तानमा सुरुमा देखिएका खानहरू मंगोल भएकोमा दुविधा होइन । मंगोलियाबाट चङ्गेज खान विजय गर्दै भारतवर्षसम्म आएका थिए । खानहरूको पहिलाको धर्म पनि प्रकृति, प्राणीहरू र पुर्खाहरूको पुजा गर्नु नै रहेको देखिन्छ । यो हिन्दूहरूको पनि परम्परा नै हो । चीनमा कुब्लाइ खाँ प्रख्यात सुधारकको रूपमा देखिन्छन् । उनको आफ्नो अलग धारणा थियो तर उनी पनि परम्पराभन्दा बाहिर थिएनन् ।

अफगानिस्तान समेतमा हिन्दू धर्म र पछि बुद्धधर्मको प्रभाव भएकोले त्यहासम्म हिन्दू र बुद्धधर्मको नै प्रधानता थियो । खानहरूमध्ये अफगानिस्तान र पाकिस्तानमा रहनेहरू सबै जसोले पछि मुसलमान धर्म अपनाएको पाइन्छ भने भारत नेपालमा भने हिन्दूहरूको सङ्ख्या धेरै देखिन्छ । तर यो मुख्य छलफलको चुरो विषय नै होइन ।

विश्वमा कृश्चियन धर्मको सुरुवात हुनुभन्दा पहिला सर्वत्र नै सनातन धर्म थियो । त्यसपछि मुसलमान धर्म आयो । त्योभन्दा पहिला मानिसहरू देवी–देवतालाई मान्थे । रोमन साम्राज्यमा देवी–देवताको प्रधानता थियो । मिश्रमा विश्वकै ठूलो सूर्य मन्दिर छ । यसले त्यहाँ हिन्दूधर्मको प्रभाव रहेको थियो भन्ने देखिन्छ ।

जाडो ठाउँमा लामो समयसम्म बस्ने र खाना चवाएर खानेहरूको अनुहार गोलो हुँदै जाँदोरहेछ र आँखाका परेला केही साना र फुलेका जस्ता हुँदा रहेछन् । अहिले नेपाल भारतमा रहेका खान जातिहरू मंगोल जस्तो देखिँदैनन् भने तिब्वततिर नेपालबाट नै गएकाहरू पनि मंगोल जस्तो लाग्दछन् ।

मिश्रको सूर्य मन्दिर, इरानमा तत्कालीन राजाले खराउ पुज्नु, जापानमा सूर्य पुजा हुनु, रोमन साम्राज्यमा देवी–देवताको पुजा हुनुसमेतले बहुदेववादीहरू विश्वभर नै फैलिएका थिए भन्ने देखिन्छ । बहुदेववादीहरू अन्य धर्मको कारणले धेरै क्षेत्रमा कम हुँदै गए । पछि उनीहरूको मुख्य स्थल हिन्दकुश पर्वत र सिन्धु नदी तथा सिन्धु उपत्यकामा अहिलेको अवस्थामा धेरै हदसम्म मिल्ने गरेर विकसित भयो । सिन्धु नदी र हिन्दकुश एरियामा रहनेहरूलाई तोकेर नै हिन्दू भनियो । तर त्यतिबेला पनि बहुदेववादी धर्म पूर्वततर्फ इण्डोनेसिया र जापानसम्म फैलिएको नै थियो । त्यहाँका वासिन्दाको रहनसहनलाई हेर्दा हिन्दूधर्म कुनै एक प्रकारको मानव समुदायमा मात्र रहेको भन्ने देखिँदैन । मानिसहरूले भगवान् भनेर जसले पुजन गर्दछ उसले आफ्नो समुदायको राम्रो चेहरा मिल्ने गरेर वा परिकल्पना गरे मूर्ति र फोटाहरू बनाए पनि मानव बसोबासले त्यसो भन्दैन । बुद्धको बासस्थान र उनको जन्म तथा शिक्षाले उनी बसेको स्थान त्यतिबेला आर्यहरूको मात्र बासस्थान हुने सम्भावना भएको स्थान हो ।

त्यस्तै, भगवान शिवको मुख्य बासस्थान त कैलाश पर्वतको वरपर नै हो । त्यस ठाउँमा पहिला र अहिले पनि मंगोलको मात्र बस्ती भएको अर्थ निकालिन्छ । त्यसो भएमा शिव भगवान् मंगोल नै थिए र उनको प्रभाव आर्यहरूमा बढिरहेकोले उनलाई मानिसहरूले आर्यको अनुहारसँग मिलाइ मूर्ति र चित्र बनाएर पूजा गरे । त्यस्तै ब्रम्हाजी पनि बर्मा देशको नामको आधारमा हेर्दा बर्मामा मंगोलहरूकै पुरातन बस्ती देखिँदा उनी पनि मंगोल थिए भन्न सकिने आधार छँदैछ । कृष्ण भगवान काला थिए त्यसैले उनलाई काला जातिका नै नभने पनि काला भन्नु स्वभाविक नै हो । यसरी हिन्दू धर्मले शुरुमा मानिसको रङ्गको र आधारमा आफुलाई स्थापित नगरी मानव सभ्यता र इतिहासको निरन्तरता दिएको हो । त्यसैले पनि यसलाई सनातन भनिएको हो ।

सिन्धुदेखि हिन्दकुश पर्वत मालाका जातिहरू हेर्दा मंगोल, द्रविड र आर्य तथा काला मानिसहरू पनि रहेको तथ्य हालको बसाई र मानिसहरूको वर्णनले देखाउँछ । अहिले पाकिस्तानको उत्तर र अफगानिस्तानको उत्तरमा बढि मात्रामा रहने सिया मुसलमानहरू मंगोल भएको पाइन्छ । तर पहिला त्यहाँ हिन्दू धर्मको प्रमुख थलो जस्तै अवस्था थियो । शिव तिब्बती थिए । यसले के देखाउँछ भने हिन्दु धर्म कुनै एक प्रकारको मानव जातिसँग मात्र सम्बन्धित होइन । अझै तिब्बतमा रहेको ब्रम्ही लिपीको कुरा गर्दा त त्यो लिपी देवनागरी लिपीसँग नै मिल्दोजुल्दो छ । मानिसलाई मंगोल र आर्य छुट्याउनको लागि बासस्थानले ठूलो प्रभाव पार्ने रहेछ । जाडो ठाउँमा लामो समयसम्म बस्ने र खाना चवाएर खानेहरूको अनुहार गोलो हुँदै जाँदोरहेछ र आँखाका परेला केही साना र फुलेका जस्ता हुँदा रहेछन् । अहिले नेपाल भारतमा रहेका खान जातिहरू मंगोल जस्तो देखिँदैनन् भने तिब्वततिर नेपालबाट नै गएकाहरू पनि मंगोल जस्तो लाग्दछन् ।

हिन्दू धर्म कुनै कारणले पनि मंगोल, आर्य, काला, गोरा आदिको हो वा होइन भन्ने विवाद छैन । बरु यो यी सबै मानव जाति मिलेर बनेको धर्म हो, यो क्षेत्रमा पछिसम्म बढि संरक्षित बन्न पुग्यो भन्ने देखिन्छ ।

हिन्दूले देवीहरूलाई मान्दछन् तर देवीहरूको सम्मानको कुरा गर्दा महिलाहरूको मंगोल समाजमा ब्यवहारमा बढि सम्मान हुन्छ । बहुपतिको चलन पनि छ । आर्यहरूमा ब्यवहारमा महिलाप्रति ब्यवहारमा धेरै ठाउँमा कम सम्मान पनि गरिएको पनि पाइन्छ । यसरी देवीहरूको पुजन पनि मंगोल समाजबाट अभिप्रेरित जस्तो पनि देखिइरहेको छ । यसकारण हिन्दू धर्म कुनै कारणले पनि मंगोल, आर्य, काला, गोरा आदिको हो वा होइन भन्ने विवाद छैन । बरु यो यी सबै मानव जाति मिलेर बनेको धर्म हो, यो क्षेत्रमा पछिसम्म बढि संरक्षित बन्न पुग्यो भन्ने देखिन्छ ।

त्यसैले हिन्दू धर्म वा सनातन धर्म आस्थाको विषय हो र यसलाई वर्ण र जातजातिको आधारमा तोकेर यो मानिसको यो धर्म भन्न सकिँदैन र हुँदैन । हिन्दू धर्मलाई हेर्दा यसका केही विशेषताहरू देखिन्छन् । विकासको क्रममा हाल हिन्दू धर्म भनिने सनातन धर्मले वर्तमानमा भगवान् निराकार छन् भन्ने पूर्ण मान्यता राख्दछ । त्यस्तै आवश्यक परेमा भगवानले पृथ्वीमा मानव जातिको कल्याणको लागि आफै साकार रूपमा निश्चित समयको लागि अवतार लिन्छन् र मानव वा प्राणीको ब्यवहार गर्दछन् । उनी पुरुष वा स्त्री जेको रूपमा पनि आउन सक्दछन् र कहिले दूत पनि पठाउँछन् । उनले प्राणीको जस्तो ब्यवहार गरे पनि उनी आफैमा सबैभन्दा आनन्दमयी हुँदा उनको आनन्द जैविक रूपमा हुँदैन । उनी मात्र देखाउँछन् ।

हिन्दू धर्ममा भगवानको मुल पूजा निराकारको हुन्छ तर उनी पृथ्वीमा आएको वा दूत पठाएको आधारमा पनि उनले गरेको राम्रो कामको आधारमा पनि साकारको पनि स्मरण गर्न सकिन्छ र गरिन्छ । पुज्न सकिन्छ र आकार हुने हुँदा बढि पूजा पनि हुन्छ । राम, कृष्ण, बुद्ध, सीता, दुर्गा, काली आदिलाई पुजिएको पनि छ । तर हिन्दूले साकार र निराकारमध्ये कुनै एकलाई वा साकार मध्ये पनि कुनै एकलाई पुजन गर्न सक्ने हुँदा त्यसो पनि गरेको पाइन्छ । अर्कोतर्फ बसोबासको आधारमा हेर्दा र भगवानका साकार रुप वा दुतहरूलाई स्थानको आधारमा तुलना गर्दा उनीहरू मंगोल आर्य र काला समेतका भएको देखिन्छ । महिला र पुरुष दुवैमा साकार भएर भगवान र भगवतीको रूपमा पृथ्वीमा आएको पनि देखिन्छ ।

पवित्रता, ज्ञान, त्यस आधारमा भएको भक्ति, योग र राम्रा कार्य भगवानसँग जोड्ने र नराम्रा काम अपवित्रतासँग जोड्ने काम हिन्दूधर्ममा पाइन्छ । यी कार्यबाट क्रमशः मुक्ति अर्थात् महान् सुख पाइने विश्वास हुन्छ ।

हिन्दूधर्मले इतिहासका सबै ठूला कार्यहरूलाई धर्मको नाममा सम्झेको र समेटेको पाइन्छ । त्यो कारणले पनि यसलाई सनातन भनिएको हो र यसको सुरुवात कहिले भएको हो भन्ने बारेमा समेत थाहा नै नभएकोले वा यो श्रृष्टिको सुरुबाटै शुरु भएको धर्म हो भनेर पनि यसलाई सनातन भनिएको देखिन्छ ।

हिन्दू धर्मले गायत्रीको आधारमा मानिसको मन पवित्र होस् भन्ने कल्पना गर्दछ । मन पवित्र भएपछि वेद मन्त्रले भगवान निराकार छन् भन्ने सन्देश दिन्छ । त्यसपछि साकार भगवानसँग सम्बन्धित मन्त्र पनि हुने हुँदा भगवान साकार रूपमा पनि आउन सक्ने हुँदा कुनै एक भगवानको पनि नाम मन्त्रमा आउँछ जस्तै शिव, कृष्ण, राम, देवी आदिमध्ये कुनै एकको नाम लिने पनि गरिन्छ । पवित्रता, ज्ञान, त्यस आधारमा भएको भक्ति, योग र राम्रा कार्य भगवानसँग जोड्ने र नराम्रा काम अपवित्रतासँग जोड्ने काम हिन्दूधर्ममा पाइन्छ । यी कार्यबाट क्रमशः मुक्ति अर्थात् महान् सुख पाइने विश्वास हुन्छ ।

हिन्दूहरूको सजिलोसँग प्राप्य प्रमुख ग्रन्थ गीता रहेको छ । ओम, गायत्री मन्त्र जप्ने तथा गलत काम नगर्ने, प्राणीलाई माया गर्ने, असक्षमहरूको सेवा गर्ने र भगवानलाई सम्झने समान्य रूपमा बुझ्न सकिने माध्यमबाट स्वर्ग र क्रमशः मुक्ति भएर आत्माले मानिसलाई परमात्मासँग मिलाउँछ र यसको लागि पति–पत्नीको साझा र समान धार्मिक भूमिका पनि अहम् रहेको हुन्छ भन्ने सजिलो मान्यता पनि प्रधान छ ।