■ राजेश ढुंगाना
आतङ्कको
उद्देश्य मात्र होइन
हिंसाको
समय मात्र होइन
कुनै देश
र सिमाना पनि हुँदैन
बम पड्क्यो भने
उसले
आफ्नो र अर्को चिन्दैन
बन्दुकको नालले
गोलीको
यात्रा मात्र देख्छ
कुनै
गायत्री मन्त्र जप्दैन
मलाई मार्ने तिम्रो गोलीले
स्वयम्
तिमीलाई पनि चिन्दैन
हिंसा र आतंकले
आफ्नै जननी पनि भन्दैन
आतंकको
उद्देश्य मात्र होइन
कुनै लक्ष्य पनि हुँदैन
हिंसाको
समय मात्र होइन
कुनै देश
र सिमाना पनि हुँदैन !
प्रतिक्रिया