■ रामेश्वर राउत मातृदास
दरबारको रङ चढेपछि
स्वादको विषाक्त नशा गढेपछि
हरेक प्रयोजनहीन भुसुनाहरुले स्वयं आफैंलाई
र सारा दुनिञालाई बेपत्तासँग बिर्सन्छन् र
बुद्धि पोको पारेर दुर्बुद्धि बढेपछि
बाहिर बाहिर सग्लै देखिएपनि,
भित्रभित्रै सर्वनाश हुन्छन मान्छे सढेपछि ।।१।।
बुद्धले बुझेका रहेछन् दरबारलाई
र सम्पूर्ण सुरा/सुन्दरीलाई त्यागेर,
अकण्टक विश्वसम्राट बनिरहेका छन्
राजा जनकले चिनेका रहेछन् जीवन र जगतलाई,
र राजपाठमा पारङ्गत रहँदारहँदै,
अटल ध्रुवतारा चम्किरहेका छन् जनमनका मन्दिरमा निरन्तर ।।२।।
सम्पूर्ण बोध गरेका रहेछन् पृथ्वीनारायण शाहले संसारलाई
र त टुक्राटुक्री टाला बटुलेर
अविनाशी चन्द्रसूर्य ध्वजा,
अखण्डित झण्डा फहराइदिएका रहेछन् सृष्टिको शिरमा नेपाललाई ।।४।।
आज समय बाटो बिर्सेको बटुवा झोक्राइरहेको छ
मानस सरोवरमा गुहार माग्ने तपस्वीहरू,
घामको छाता/जूनको रत्यौली अवश्य नाच्नेछन्
यो बुद्ध र शुद्ध अठासीहजार ऋषिमुनि धराधाममा,
म लाटोकोसेरो दिनभरि आँखा चिम्लेर,
आफ्नै आँखा र मुटु खोजिरहेकोछु जीवनको महत्व जुनिभरि ।।५।।
प्रतिक्रिया