महान शरद ऋतु (पितृ काल)

महान शरद ऋतु (पितृ काल)


  • डिल्ली अम्माई ‘अनाथ अंकल’

‘भाष्कर पितृलोक गमन
यम विकार समर्पण’

आकाश धुस्स छ
गोधुली खुलेको छैन
तर पनि धर्ती चम्केको छ
पोथराहरु उज्याला छन्
गुरुको शरणमा
गेरु बस्त्र धारण गर्दै
योगनिद्राको पूर्ववत
आत्मिक तयारी
पतझर शरद
तिमी प्यारो
प्राकृतिक कोख
वृक्ष योगीहरू
चरनाम बन्दै
धुनीमा मस्त
योग विनियोग
सुद्धताको प्रेरणा
धरतीको शिर
सफा र कञ्चन
स्वेत बस्त्रको प्रतीक्षामा
महान हेमन्त
योग सानिध्यताको लागि
परम ज्ञान
पावन समाधि
पवित्र समिदा
व्रत-ज्ञानको कला
तिल सौन्दर्यमा निहारिका
र, नयाँ सृष्टिको
आराधना
युग बिम्व रुपान्तरणको
प्रतीक्षाकाल
शरद, हेमन्त र शिशिर
पितृकाल महातप्त ऋतु
स्वेत वृद्धापकाल
बसुन्धरा
सोमवती अमावस्या
आत्मिक शरद,

सर्वदिशा धवल तथा
उज्ज्वल बय चहकिला
वसुन्धरा बिश्रान्ति योग
मन मस्तिष्क अम्बर
प्रेरणा चक्षुमा एकाकार
महाबैराग्य ज्ञान शरद ।

जल ओस कण-कण मणिक लिई
‘ग्रिष्मपछि सरद ऋतु आई ।
लछिमन देखहु परम सुहाई ॥
फूलें कास सकल महि छाई ।
जनु वरषाँ कृत प्रगट बुढ़ाई ॥’
शरद चक्षु नील धवल
शीत तर्पण शरद
स्फटिक/जस्तै मोहनी आकाश
अमृतवर्षिणी चाँदनी
कमल/कुमुदिनिसँगै
पूर्ण शान्त ताल तलैया
पावन मेघले पवित्र
वैराग्य धुनभित्र
गगन विरहको चमकमा चाँदनी

उनले चिरेको धरती
भागिरहेका सप्त ऋषि
निष्कलंक बैराग्य ऋषिमन
आश्विनपछिको गुफाबास
मंसिरसम्म उपबास
तपस्या विनियोग
शरद पूर्णिमाको रात
स्वर्गीय आत्माहरुको उत्सव
शरद ऋतुको योग
कृषकहरुको तृप्ति
अनाज भोग
पितृकाल शरद ।