■ गणेशराज वस्ती
मासु नै मासु मलाई अरु कठैबरै !
म गर्छु सबथोक तिमी बस घरै !!
हड्डी छोडी मासुमा नै किन नजाने ?
त्यसको त्यो खोसेर मैले किन नखाने ?
चल्यो दिमाग गमेर यहाँ यस्तै यस्तै !
दुधभात मलाई अरुलाई ढिँडो निस्तै !
विचार मेरा सचेत बोक्छन् यात्री यस्तै !
भाडा दिन्छन् राम्रै गर्छन् खेती त्यस्तै !
सचेत बनि आयो मेरो विचार यस्तो !
अर्धचेत विचार होलान् झन् कस्तो ?
सचेत, अर्धचेत, अचेत विचारको पोको !
अचेत पक्षको झन् छ सुन्न हेर्न धोको !
अचेत पक्ष थिचिएर सडि-गलिसक्यो !
सचेत पक्ष फूलेर स्याउ फलिसक्यो !
हड्डी गलेर सुप बन्यो तिमी हेरेको हेऱ्यै !
मासु नै मासु होस् मलाई अरु कठैबरै !
– देवचुली–१४, छत्तीसघरे, नवलपरासी (ब.सु.पू.)
प्रतिक्रिया