- देवप्रकाश त्रिपाठी

‘यी नेता’ नरहे देश बन्छ भन्ने ठाउँमा परिस्थिति आइपुगेको छ, अब देश नरहे हामी खुशी र सुखी रहन्छौँ भन्ने ठाउँमा नेपालीलाई पुऱ्याउने सूक्ष्म अभ्यास शुरु भएका छन् । राजनीतिक नेतृत्वप्रति जनविश्वास भङ्ग हुनुमा सबैभन्दा ठूलो भूमिका कसैले निर्वाह गरिरहेका छन् भने त्यो स्वयम् राजनीतिजीवी र राजनीतिकर्मीहरूले नै हो । राजनीति र राजनीतिकर्मीको बदनामीमा मूख्य ‘हात’ राजनीतिजीवीहरूको छ । तर, राजनीतिकर्मीहरूको असफलतामा उनीहरूको मात्र भूमिका रहेकोचाहिँ होइन, यहाँको प्रशासन र प्रशासकहरू, पत्रकार तथा सञ्चारकर्मी र जनता स्वयम् पनि देशको असफलताका निम्ति जिम्मेवार छन् ।
नेपाल देशको स्थापना एउटा असामान्य अवस्थामा भएको हो । सिङ्गै पृथ्वीमा आफ्नो साम्राज्य खडा गर्न अग्रसर शक्तिसँग ‘जुधेर’ एकीकृत नेपालको निर्माण सम्भव भएको थियो । नेपालले आफ्नो अस्तित्व जोगाउन कहिले चीनसँग त कहिले ब्रिटिश इण्डियासँग समर लड्नु परेको तथ्य इतिहास बताउँछ । नेपालको अस्तित्वलाई चुनौती दिने कार्य इतिहासमा पटक-पटक भएका छन् । भारतका बल्लभ भाइ पटेल र इन्दिरा गान्धीका शिकारी विचारबारे नेपालमा बारम्बार चर्चा हुने गरे पनि चीनमा माओ त्से तुङ्गले सत्तामा सम्पूर्ण नियन्त्रण कायम गरेलगत्तै नेपाललाई पाँचमध्ये एक औंला र त्यसको हथेली (हत्केला) चाहिँ तिब्बत भनेर गरेको ब्याख्याबारे आमनेपाली जानकार छैनन् । अब चीन र भारतबाट नेपालको अस्तित्व मेटिने खतरा सामान्य अवस्थामा देखिँदैन । तर देशको आन्तरिक स्थिति असामान्य रहिरह्यो भने हाम्रो अस्तित्वमाथि नै चुनौती आउने सम्भावना इन्कार गर्न सकिँदैन ।
जंगबहादुर राणाले आन्तरिक राजनीतिमा स्थायित्व दिएर बाह्य चुनौतीहरूसँग सामना गर्न सक्ने तागत र क्षमताको विकास गरेका थिए । जंगकै नेतृत्व कौशलका कारण नेपालले आफ्नो सीमा र सार्वभौमिकता रक्षाको सुवर्ण अवसर प्राप्त गरेको थियो । तर रणेद्दीप सिंहको हत्या गरेर वीर शमशेरले सत्ता आफ्नो हातमा लिएपछि आन्तरिक राजनीतिमा अन्यौल र संशय उत्पन्न भएकै बेला पारेर कोलकाता (तत्कालिक ब्रिटिश इण्डियाको राजधानी) मा नेपाललाई ‘गाभ्ने’ विषयमा छलफल शुरु भयो । तत्कालिक ब्रिटिश रेजिडेण्ट (राजदूत) गर्ल्डस्टोनले नेपालको आन्तरिक राजनीति अस्थिर भएको र त्यसले ब्रिटिश इण्डियालाई समेत असर गर्न सक्ने भएकोले नेपाललाई इण्डियामा गाभ्न प्रस्ताव गरेका थिए । ब्रिटिश भारतका विदेश सचिव एच.एम. डुराण्ड र सेनापति लर्ड रोबर्टले गर्ल्डस्टोनको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भए भाइसराय लर्ड डफरिनबाट सोहीबमोजिमको आदेश जारी हुन सक्थ्यो । नेपालको आन्तरिक अस्थिरताको लाभ उठाउने चाहना त्यसबेला डुराण्ड र रोबर्टको नेपालप्रति सदासयताका कारण विफल हुन पुगेको थियो ।
अहिले नेपालमा एउटा नेपालीले अर्को नेपालीमाथि विश्वास गर्न नसकिने, शङ्का र अविश्वास मात्र गर्न सकिने सामाजिक अवस्था पैदा भएको छ । देशभन्दा ठूलो आफ्नो महत्वाकाङ्क्षा ठान्ने नेता, देशलाई भन्दा निजी लाभलाई महत्व दिने कर्मचारी प्रशासक र एक थान पेटलाई जति महत्व देशलाई दिन नखोज्ने जनता भएको मुलुकको आयू दीर्घ हुन सक्नेछैन । हामी जनता आफैं पनि देशको आयु छोट्याउने प्रतिष्पर्धामा जोडका साथ सहभागिता जनाउँदैछौँ ।
कोलकातामा नेपालको स्वतन्त्र सार्वभौमिकता नास गर्ने बारेमा उच्च तहमा छलफल भएको सूचना पाउनेबित्तिकै सेनापति रोबर्टलाई नेपाल भ्रमण गराएर भब्य स्वागत-सत्कार गरी निजलाई प्रशन्न तुल्याइएको थियो र, राणा भाइ-भारदारहरूले थापाथलीस्थित राणाहरूको पञ्चायन पूजास्थलमा भेला भइ तरबार जुधाएर आइन्दा आपसमा हिंसा र षड्यन्त्र रची राजनीतिक अस्थिरता पैदा हुने प्रकारका कुनै पनि कार्य नगर्ने भनी कसम खाएका थिए । आन्तरिक झमेला उत्पन्न हुँदा बाह्य शक्तिको आँखा लाग्ने तथ्यलाई आत्मसात गरेर राणाहरू राजनीतिक स्थिरताका निम्ति एकजुट भएका थिए । वीर शमशेरपछि राणाहरूभित्र हिंसाको राजनीति नदोहोरिनुको कारण यही नै मानिन्छ । तर, वि.सं. २००७ सालपछि प्रजातान्त्रिक पद्धति अपनाएको नेपालले अहिलेसम्म (राजा महेन्द्रको दशवर्षे शासनकालबाहेक) राजनीतिक स्थिरताको महशुस गर्न पाएको छैन । २०६३ को परिवर्तनपछि नेपालले चरम राजनीतिक अस्थिरताको सामना गर्दै आएको छ र, पछिल्लो राजनीतिक घटना क्रमले चरम अस्थिरताको सङ्केत गर्दैछ ।
करिब पाँच शताब्दी लामो राजतन्त्रात्मक प्रणाली अन्त्य भइ प्रजातन्त्र स्थापना भएपछि खुशी भएका कोरियाली जनताले पैंतिस वर्ष जापानी उपनिवेशका रूपमा बिताउनु पऱ्यो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै स्वतन्त्रताको अनुभूति गर्न पाउँदानपाउँदै अमेरिकी प्रस्तावमा कोरिया विभाजित भयो र, दक्षिण कोरिया अमेरिकी सेनाको अखडा बन्यो । भविष्यमा महाशक्तिशाली देशका रूपमा चीन (पहिले) र (त्यसपछि) भारतको उदय हुनेछ भन्ने तस्बिर ‘चील’ले उतिबेलै देख्यो र अर्काको भू-भागलाई आफ्नो सैन्य क्याम्प खडा गर्ने क्रम शुरु गऱ्यो । भारत र चीनको बीचमा रहेको नेपाललाई स्वतन्त्र मुलुकका रूपमा राख्न र, संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन अमेरिकाले अधिक महत्वपूर्ण भूमिका किन निर्वाह गरेको रहेछ भन्ने रहस्य अब खुल्दैछ ।
विभिन्न राजनीतिक दलका अनेकौँ आकारप्रकारका नेता तथा प्रशासनभित्र उडुस बनाएर घुसाइएका ‘एलिमेण्ट’ मात्र देशको यो दुरुह अवस्थाको निमित्त जिम्मेवार होइन, यो अपराधका मूख्य अभियुक्त हामी जनता पनि हौँ, जो एक चिम्टी अवसर र एक थान पेटका निम्ति सत्य देख्दा आँखा बन्द गर्ने र सत्य बोल्नुपर्ला भनेर जिब्रो बटार्ने गर्दछौँ ।
यदि अफगानिस्तानदेखि यता अरुणाचलसम्मको भू-क्षेत्रमा भारत र चीन परस्पर जोडिएर बसेको भए यो लामो क्षेत्रभित्र पसेर अनुगमनकारी भूमिका निर्वाह गर्न तेस्रो मुलुकलाई कदापि मौका मिल्ने थिएन । नेपाल र नेपालीको सम्मान र मायाले भन्दा पनि अर्कै नियतले नेपालको पक्षमा अमेरिकी भूमिका महत्वपूर्ण हुन पुगेको अहिले आएर स्पष्ट भएको छ । जुनसुकै नियतले नेपालको सार्वभौमिक स्वतन्त्रता रक्षाका निम्ति योगदान दिएको भए पनि त्यसनिम्ति अमेरिकाप्रति नेपालीका रूपमा हामी आभार प्रकट गर्दछौँ । त्यसबेला अमेरिकाले विशेष भूमिका निर्वाह नगरिदिएको भए यतिबेला हाम्रो पहिचान अर्कै हुन सक्थ्यो । तर त्यो समयमा प्रकट भएको अमेरिकी माया र सम्मान दशैँमा काटिने खसी बोकालाई नेपालीले गरेजस्तै रहेछ भन्ने पछिल्लो घटनाक्रमले शिद्ध गरेको छ । भविष्यमा चीन र भारत सर्वशक्तिमान हुन सक्ने देखेर नै चीलले आफ्नो गुँड बन्न सक्ने ठाउँको सूरक्षालाई लिएर उतिबेलै चिन्ता र चासो प्रकट गरेको रहेछ ।
सुगौली सन्धिमा देशको प्रतिनिधित्व गरेर गएका चन्द्र शमशेर उपाध्याय दाहाल र गजराज मिश्रहरूलाई द्रब्यप्रभावमा पारेर ब्रिटिश इण्डियाले एक लाख पाँच हजार वर्ग किलोमिटर नेपालनियन्त्रित भू-भाग आफूमा समेट्न सफल भएका थिए । पछिल्लो समयमा नेताहरूको महत्वाकाङ्क्षा र प्रशासकहरूको लोभलाई साधन बनाएर बाह्यशक्ति आफ्नो अभीष्ट पूरा गर्ने योजनावद्ध प्रयासमा देखापरेका छन् । नेपालमा राजसंस्थाको अस्तित्व रहेसम्म राज्य कमजोर बनाउन नसकिने ठहर भएर नै त्यसबेला राजालाई सक्रिय शासनका निम्ति उक्साउने र जनतालाई राजाविरुद्ध परिचालन गर्ने चाल भएको अहिले छर्लङ्ग हुन पुगेको छ । कथित माओवादीको बुई चढेर भित्रिएको क्रान्तिकारिताले राजसंस्था विस्थापन गरेसँगै यहाँको मौलिक धार्मिक सांस्कृतिक संस्था र मूल्य-मान्यताहरू भङ्ग गर्ने क्रम जारी राखिएको छ । हरेक नेपालीले हरेकमाथि शङ्का र अविश्वास गर्ने स्थिति निर्माण गर्न जातिवाद र क्षेत्रियतावादलाई समेत ‘अग्रगमन’को जामा भिराइएको छ ।
नेताहरूको महत्वाकाङ्क्षा र प्रशासकहरूको लोभलाई साधन बनाएर बाह्यशक्ति आफ्नो अभीष्ट पूरा गर्ने योजनावद्ध प्रयासमा देखापरेका छन् । हरेक नेपालीले हरेकमाथि शङ्का र अविश्वास गर्ने स्थिति निर्माण गर्न जातिवाद र क्षेत्रियतावादलाई समेत ‘अग्रगमन’को जामा भिराइएको छ ।
दोस्रो विश्वयुद्धको समय र त्यसभन्दा अघि चीनमा को मानिस अमेरिकाको निम्ति काम गर्दैछ, को जापानका निम्ति र को ब्रिटिशका लागि खट्दैछ, को माओका लागि काम गर्दैछ र को कोमिन्ताङका निम्ति क्रियाशील भइरहेको छ भन्ने थाहा पाउन नसकेर हरेक चिनियाँ नागरिक एकअर्कालाई पूर्ण शङ्काका दृष्टिले हेर्ने गर्थे, कोहीमाथि कसैको विश्वास हुँदैनथ्यो । विध्वङ्शको भूमरीमा फस्नुअघि अफगानिस्तानको सामाजिक स्थिति पनि त्यस्तै थियो । अहिले नेपालमा पनि एउटा नेपालीले अर्को नेपालीमाथि विश्वास गर्न नसकिने, शङ्का र अविश्वास मात्र गर्न सकिने सामाजिक अवस्था पैदा भएको छ । देशभन्दा ठूलो आफ्नो महत्वाकाङ्क्षा ठान्ने नेता, देशलाई भन्दा निजी लाभलाई महत्व दिने कर्मचारी प्रशासक र एक थान पेटलाई जति महत्व देशलाई दिन नखोज्ने जनता भएको मुलुकको आयू दीर्घ हुन सक्नेछैन । हामी जनता आफैं पनि देशको आयु छोट्याउने प्रतिष्पर्धामा जोडका साथ सहभागिता जनाउँदैछौँ ।
२०७२ सालमा संविधान जारी गरेर नेपालीको अनेकता, विभाजन, विखण्डन र परधर्मी व्यवहारलाई संस्थागत गर्ने काम सम्पन्न भएको छ । अब नेपालको ब्यारेकीकरणका निम्ति आन्तरिक तनाव र द्वन्द्व अपरिहार्य मानिको छ । कोही काङ्ग्रेस बनेर, कोही केपी पक्ष त कोही प्रचण्ड पक्ष भएर, कोही मधेशी, कोही ब्राह्मण-क्षेत्री त कोही गुरुङ, मगर, राई, लिम्बु, तामाङ आदि बनेर आन्तरिक द्वन्द्व चर्काउन अग्रसर भएका छन् । नेपाली बनेर नेपालको पक्षमा काम गर्नुलाई अपमान र उपेक्षाको विषय बनाइँदै छ । तथापि, विभिन्न राजनीतिक दलका अनेकौँ आकारप्रकारका नेता तथा प्रशासनभित्र उडुस बनाएर घुसाइएका ‘एलिमेण्ट’ मात्र देशको यो दुरुह अवस्थाको निमित्त जिम्मेवार होइन, यो अपराधका मूख्य अभियुक्त हामी जनता पनि हौँ, जो एक चिम्टी अवसर र एक थान पेटका निम्ति सत्य देख्दा आँखा बन्द गर्ने र सत्य बोल्नुपर्ला भनेर जिब्रो बटार्ने गर्दछौँ ।
नेताहरूको महत्वाकाङ्क्षा र प्रशासकहरूको लोभलाई साधन बनाएर बाह्यशक्ति आफ्नो अभीष्ट पूरा गर्ने योजनावद्ध प्रयासमा देखापरेका छन् । हरेक नेपालीले हरेकमाथि शङ्का र अविश्वास गर्ने स्थिति निर्माण गर्न जातिवाद र क्षेत्रियतावादलाई समेत ‘अग्रगमन’को जामा भिराइएको छ ।
राज्य र नेपाली समाजलाई कमजोर तुल्याउने कार्य सम्पन्न भएपछि अब आफ्नै नेतृत्व, प्रशासन र आफूभन्दा बाहेकका व्यक्तिमाथि अविश्वास, शङ्का र वितृष्णा बढाउने नियोजित चाल शुरु भएको छ । यो स्थितिले अन्त्यमा पुऱ्याउने भनेको त्यहाँ हो जहाँ आफ्नो हितका निम्ति देश साट्न मानिसहरू सजिलै तयार हुनेछन् । हो, त्यसपछि नेपाल नेपालीको देश नभई कसैको ब्यारेकमा रूपान्तरित हुने निश्चित छ ।
देश बन्नु भनेको उसको आफ्नो सुरक्षित सीमाभित्रका मानिस खुशी र सुखी रहनु हो, स्वच्छ र हरियालीपूर्ण पर्यावरण, सुनिश्चित आम्दानीका श्रोत, मनोरञ्जनका अवसर, ज्ञानशाला तथा ब्यायामशालाहरूको प्रचुरता, स्वतन्त्रता, गुणस्तरीय जीवनशैली, सुदृढ राष्ट्रिय एकता र सम्मानित एवम् सर्वोच्च सार्वभौमिकताले देशवासीलाई खुशी र सुखी तुल्याउँछ । तर नेपालको राजनीति र प्रशासनले जनताको खुशीप्रति कहिल्यै सरोकार राखेन, राख्न खोजेन । मानिसको आकाङ्क्षामा पूर्णविराम कुनै पनि अवस्थामा नलाग्ने हुनाले सधैंका निम्ति सबैलाई खुशी र सुखी राख्नु राज्यको मात्र होइन, ईश्वरको पनि वशको कुरा होइन । तर राज्य आफूहरूप्रति सम्वेदनशील र जिम्मेवार भएको अनुभूति मात्र नागरिक तहमा भयो भने जनताको भूमिका राज्य बलियो बनाउने र राज्यको भूमिका नागरिक बलियो तुल्याउने कार्यमा केन्द्रीत हुन सक्छ । तर हाम्रो राजनीतिक नेतृत्व, प्रशासन र हामी जनता डरलाग्दो किसिमबाट अन्धकारतर्फको यात्रामा मग्न छौँ, हरे शिव ! जय माृतभूमि !
प्रतिक्रिया