- राजेश ढुंगाना
तिमीले
सबै थोक भोगेर
तिम्रो
निष्कर्ष थियो–
जीवनको अर्थ
केही पनि रहेनछ
मैले
केही पनि नभोगी
म कसरी भनौं
जीवनको अर्थ केही पनि
होइन रहेछ !
र, मुस्कान पनि होइन रहेछ
घाउ भएर मेरो हातमा
निस्केको पीपमाथि
निरन्तर मेरी प्रेमिका
सदैव
लामो चुम्बन गर्थिन्
तब
म कसरी भनौं
जीवन केही पनि होइन रहेछ !
जीवन मुस्कान पनि होइन रहेछ !!
प्रतिक्रिया