- गणेशराज वस्ती
भाग्य र भविष्य हाम्रा
आफ्नै हातमा खोज
तिमी–हामीले गरिरहेका
हरेक बातमा खोज !
बात फेरिरहने
रीतमा खोज
एकले अर्कोलाई गर्ने
प्रितमा खोज
प्रभात कालको
शीतमा खोज
डाँडाकाँडामा गुञ्जिने
हर गीतमा खोज !
भाग्य र भविष्य
दाजुभाइ पो हुन् कि ?
वल्लो–पल्लो घरका
छिमेकी पो हुन् कि ?
कति लगाए यिनले
एकअर्कालाई गुन !
वा, एक–अर्काका
खाँटी विरोधि पो हुन् कि !
– देवचुली–१४, छत्तिसघरे, नवलपरासी
प्रतिक्रिया