■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४२ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७७ चैत्र १५ गते आइतबार तद्अनुसार सन् २०२१ मार्च २८ तारिख फाल्गुन शुक्लपक्ष पूर्णिमा तिथि उत्तराफाल्गुनी नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा मित्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशिल रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः१ बजे भयो र सूर्यास्त साँझ १८ः१९ बजे हुनेछ । पूर्णिमाव्रत, फागुपूर्णिमा, पहाडी जिल्लामा होली, राति चिरदाह, थकाली तोरन्लपर्व ।
आजको राशिफल
मेष – घरपरिवारको साथ मिल्नेछ । मान प्रसिद्धि बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हासविलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको बस्तु र विलास साधन उपलब्ध होला । विजय मिल्नेछ । आरोग्यता बढ्ला ।
बृष – अन्नधन बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।
मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ मिल्नेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।
कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हीतकर होला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दुरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – कुनै प्रकारको खर्चमा नलाग्नु उचित होला । शारीरिक र आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । नियम कानुनलाई ध्यानमा राख्नु पर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुहोला । लापर्वाही नगर्दा हीतकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला ।
कन्या – रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मीठो भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । रसविलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।
तुला – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।
वृश्चिक – प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु फलदायी रहनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।
मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।
प्रतिक्रिया