मृत्यु भएका सबै जिल्ला प्रशासन कार्यालयका कर्मचारी
स्वर्गद्वारी मन्दिर दर्शनका लागि गुल्मीको तम्घासबाट जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रूमालेमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर जीवन गुमाउनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु रहेका छन् ।
नयाँ वर्षको दिन स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीपले अघिल्तिर गुडिरहेको बसलाई ओभरटेक गर्न खोज्दा सडकबाट करिव दुई सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदारदेखि अधिकृतसम्म परेका छन् । प्रहरीका अनुसार स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन्।
प्रहरीका अनुसार गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
घटनामा परेर १२ वर्षीय बालक पार्थक ज्ञवाली र प्यूठानका ३५ वर्षीय सन्दिप परियार छन् । परियार पनि जिप्रका गुल्मीमै कार्यरत कर्मचारी हुन् । अन्य घाइतेमा सुनिता कँडेल, वसन्ती पौडेल, बालिका निकिता पौडेल, गीता मुखियाँ, बालक अनिस मुखियाँ, तारा भण्डारी बोहरा, बालक आशिष बोहरा, डिलबहादुर थापा, कमला ज्ञवाली र मुना पाण्डे रहेका बताइएको छ ।
प्रतिक्रिया