आजको पञ्चाङ्ग एवम् राशिफल (५ वैशाख २०७८ आइतबार १८ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ वैशाख २०७८ आइतबार १८ अप्रिल २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वसन्त ऋतु वि.सं. २०७८ वैशाख ५ गते आइतबार तद्अनुसार सन् २०२१ अप्रिल १८ तारिख चैत्र शुक्लपक्षको षष्ठी तिथि आर्द्रा नक्षत्र अतिगण्ड योग कौलव ०ः१९ पर गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३० मा हुनेछ । भ.पु.भैरवभद्रकाली रथयात्रा समापन, दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस, टोखा चण्डेश्वरी मूल रथयात्रा, मध्यपुर ठिमी बालकुमारी यात्रा ।

आजको राशिफल

मेष – समय शुभ फलदायी रहनेछ । शुभ र भाग्यवद्र्धक काम बन्नेछन् । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । विलासमा रुचि बढ्ला । मान सम्मानमा ध्यान राख्नुपर्ला । हुन त घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको बस्तु बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्नेछ ।

बृष – अन्नधन बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन – नयाँ–नयाँ सफलता मिल्नेछ । साहसिक क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्व पनि प्राप्त होला । रोकिएको कार्य बनेर मन प्रशन्न होला ।

कर्कट – ग्रहगोचर भाग्यवर्धक छ ।सन्तान सुख बढ्नेछ । शुभ कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान बढ्ने र ख्याति फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ बाटो देखा पर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागिपर्नुहुनेछ ।

सिंह – कुनै प्रकारको जोखिम नउठाउनु होला । स्वास्थयमा सचेत रहनु पर्ला । नियम कानुनलाई उपेक्षा गर्नु उचित हुने छैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीसँगको व्यवहारमा नम्रता राख्नु होला । चोरी ठगी विश्वासघाती प्रति सचेत रहनुपर्नेछ । विवाद आदिप्रति सचेत रहनुपर्नेछ । व्यस्तता बढ्ला ।

कन्या – सुख–समृद्धि धन यश बढ्नेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सहयोग र सुख पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । आलस नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्व पुरस्कार पाउनु हुनेछ ।

वृश्चिक – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा बृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुने छैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आँखा चिम्लेर अरुमाथि भर नपर्नु होला ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।