■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ वसन्त ऋतु राक्षस नामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ वैशाख ११ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल २४ तारिख चैत्र शुक्लपक्ष द्वादशी तिथि उत्तराफाल्गुणी नक्षत्र ध्रुव योग ८ः४२ पर व्याघात् योग कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा सिंह राशिमा ८ः५३ पर कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः३३ मा हुनेछ । शनि प्रदोष व्रत, लोकतन्त्र दिवस, त्रिपुष्कर योग १६ः१२ बजेसम्म ।
आजको राशिफल
मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ नयाँ संकेत देखापर्ला ।
बृष – उन्नति–पदोन्नति हुनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभ काममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु उचित होला । विवादमा पर्नुबाट बच्नुहोला । आफन्तको सहयोग मिल्नेछ ।
मिथुन – समय शुभ फलदायक छ । मिष्टान्न भोजन मिल्ला । आरोग्यतामा वृद्धि होला । कर्मपथमा सफलता प्राप्त होला । इष्टमित्र बढ्लान् । धन सम्पत्ति र कार्य–व्यवसायसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै सुखमा वृद्धि हुनेछ, तथापि धैर्य र विवेकले काम गर्नु बेस होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । विकासको नयाँ सम्भावना देखा परेर आशा उत्साह बढ्नेछ, तर लापर्वाही नगरी काम गर्नु उचित होला ।
कर्कट – हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । धन सम्पत्ति बढ्ला ।
सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेम पात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।
तुला – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । मित्रजन र सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ, तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
वृश्चिक – मिष्ठान्न भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा परक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नु होला ।
धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धि दायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।
प्रतिक्रिया