आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेष्ठ २०७८ आइतबार, २३ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ जेष्ठ २०७८ आइतबार, २३ मे २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ ग्रीष्म ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ ज्येष्ठ ९ गते आइतबार तद्अनुसार सन् २०२१ मे २३ तारिख वैशाख शुक्लपक्ष द्वादशी तिथि हस्ता नक्षत्र ९ः३ पर चित्रा नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१३ मा र सूर्यास्त साँझ १८ः४९ मा हुनेछ । वैष्णवहरुको मोहिनी एकादशी व्रत, कोकाकोसीको संगममा मत्स्य दर्शन, द्विपुष्करयोग ९ः३ देखि २४ः३९ बजेसम्म ।

आजको राशिफल

मेष – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । सुख शान्ति समृद्धि प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा रुचि होला । शक्ति बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । मिठो भोजन मिल्नेछ । रसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । जोखिममा नपर्नुहोला । ठूलो रकमको लगानीमा सचेत रहनुपर्नेछ ।

बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति बृद्धि होला । रसरागमा आकर्षित हुनु हुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुुनेछ ।

मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रमज्यादा गर्नुपर्नेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – विकासको नयाँ सम्भावना देखापर्ने छ । सुख समृद्धि हासिल हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । धर्मकर्ममा रुचि बढ्ला । भागदौड लागि रहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बलविवेकले काम गर्नु हितकर होला । शुभ र भाग्यबर्धक काम बन्नेछ ।

सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्ति होला । अस्तव्यस्ततामा कमी हुनेछ । आइपरेको समस्या समाधान हुनेछ ।

कन्या – मिठो भोजन मिल्नेछ । शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल एवम् फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । भागदौड बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रवर्गको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा पनि उकासिने छ । शुभ काम बन्नेछ । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ ।