पवित्रभूमि लुम्बिनी

पवित्रभूमि लुम्बिनी


  • राजेशमान के.सी.

नेपालीभूमि लुम्बिनीमा बुद्धले जन्म लिनुभएको ।
विश्वभर अहिंसा फैलाइ शान्तिको सन्देश दिनुभएको ।।

संसारकै मानिस गर्वले आउ“छन् कपिलवस्तुको लुम्बिनीमा ।
श्रद्धाले शिर नमन गर्छन् बुद्धको जन्मभूमिमा ।।

सगरमाथा सर्वोच्च शिखर गौरव हाम्रो विशाल ।
गौतमबुद्ध ज्ञानका पुञ्ज शान्तिक्षेत्र नेपाल ।।

नेपाली हामी एकताप्रेमी तराई–पहाड–हिमाल ।
विश्वबन्धुत्व सन्देश फैलाउने बुद्धभूमि नेपाल ।।

विश्वभर नै बुद्धको सन्देश हामीले छर्नुछ ।
पवित्रभूमि लुम्बिनी विकास हामीले गर्नुछ ।।

  • गट्ठाघर, भक्तपुर