आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेष्ठ २०७८ मंगलबार, १ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेष्ठ २०७८ मंगलबार, १ जुन २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ १८ गते मंगलबार तद्अनुसार सन् २०२१ जुन १ तारिख ज्येष्ठ कृष्णपक्ष षष्ठी तिथि ६ः१३ पर सप्तमी तिथि धनिष्ठा नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा उत्पात योग चन्द्रमा मकर राशिमा ९ः७ त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । द्विपुष्कर योग ६ः१३ देखि २१ः८ बजेसम्म ।

आजको राशिफल

मेष – ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । व्यर्थको खर्चप्रति पनि नियन्त्रण मिल्नेछ । लाभ उन्नति हुनेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । शुभ र ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । आफ्नै बल विवेकले सफलता पाउनुहुनेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र महत्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्नुपर्ला । प्रयास र परिश्रमले सार्थक उन्नति होला ।

बृष – कर्मपथमा प्रगति होला । धन मान गौरव बढ्ला । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । दैनिक काममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिथुन – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको काम बन्नेछ । धन यश मान सुख समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा ध्यान दिनुपर्ला । अरुमाथि भर नपर्नु उचित होला । आयात निर्यात यात्रा आदिसित सम्बन्धित काममा सचेत रहनुपर्नेछ । जोखिममा नपर्नु उचित होला ।

सिंह – बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन तथा प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भइरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान मिल्नेछ । आनन्द, आशा–उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन एवम् सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । सांझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।