आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेष्ठ २०७८ बिहीबार, ३ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेष्ठ २०७८ बिहीबार, ३ जुन २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २० गते बिहीबार तद्अनुसार सन् २०२१ जुन ३ तारिख ज्येष्ठ कृष्णपक्षको अष्टमी तिथि ५ः२८ पर नवमी तिथि पूर्वाभाद्रपद नक्षत्र विषकुम्भ योग ४ः१४ पर प्रीति योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा १६ः११ बजेसम्म कुम्भ त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।

आजको राशिफल

मेष – नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ । मान महत्व बढ्नेछ । घरेलु कार्यमा सफलता प्राप्त हुनेछ । धनसम्पकिा साथै सुख आरोग्यता बढ्नेछ । शुभ र भाग्यवद्र्धक काम बन्नेछन् । हासविलासमा रुचि बढ्ला । आफन्तसुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला ।

बृष – समयले साथ दिनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन–सम्पत्ति सुख–समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नु सँगै नयाँ दायित्व पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न हुनेछ ।

कर्कट – ग्रहगोचर मध्यम फलदायक छ । अन्नधनमा कमी आउनेछैन । उन्नति पदोन्नतिको काममा ढिलो गरी प्रगति हुनेछ । कठोर प्रयत्नले कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ, तथापि जोखिममा नपर्नु उचित होला ।

सिंह – दिन शुभ र सफलताकारक रहला । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थयमा सुधार आउनेछ । कानुनको साथ प्राप्त हुनेछ । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यस मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । भागदौड व्यस्तता लागिरहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परीश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुख–शान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । अल्छ्याइँ नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । मान महत्वमा कमी आउने छैन ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोद हुनेछ । आनन्द बढ्नेछ । सुखशान्ति वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिका समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्वलाई पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।