आजको पञ्चाङ्ग एवम् राशिफल (५ असार २०७८ शनिबार, १९ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ असार २०७८ शनिबार, १९ जुन २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीसूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु राक्षसनामक सम्वत्सर वि.सं. २०७८ आषाढ५गते शनिबार तद्अनुसार सन् २०२१ जुन १९ तारिख ज्येष्ठ शुक्लपक्ष नवमी तिथि हस्ता नक्षत्र वरियाण योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० बजेमा हुनेछ ।

आजको राशिफल

मेष – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । यस वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहाद्र्ध बढ्नेछ । साझेदारीको काम बढ्नेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ ।

बृष – प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । साहसिक कार्य बन्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । धन मान बढ्नेछ बढ्नेछ ।

मिथुन – समस्याको समाधान मिल्नुका साथै रोकिएका काम बन्नेछन् । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ तथापि सतर्क रहनु बेस हुनेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ ।

कर्कट – आयस्रोत बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । पारिवारिक सुख मिल्नेछ । धन मान बढ्नेछ । समस्याको समाधान मिल्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

सिंह – ग्रहगोचर शुभ फलदायक रहला । प्रेममा प्रगति हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या – बढी प्रयास र परिश्रमले काम बन्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । व्यस्तता बढ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला – स्वास्थ्यमा सुधार आउनेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक – मिष्ठान्न भोजन प्राप्त हुनेछ । सफलता र समृद्धि मिल्ला । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ ।

धनु – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर – खर्च बढ्नेछ । सुख आनन्द बढ्ला । व्यस्तता बढ्ला । रोकिएको काम कठोर प्रयत्नले होला । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कुम्भ – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला ।

मीन – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ ।