■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ आषाढ २७ गते आइतबार तद्अनुसार सन् २०२१ जुलाई ११ तारिख आषाढ शुक्लपक्ष प्रतिपदा तिथि ६ः५० पर द्वितीया तिथि तिष्य नक्षत्र हर्षण योग बालब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ५ः१७ बजे भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । विश्व जनसंख्या दिवस ।
आजको राशिफल
मेष – अनावश्यक यात्रा र अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । भागदौड व्यस्तता चलिरहनेछ । जोखिममा नपर्नु होला । खर्च बढ्ला । घरपरिवारको साथ मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा नपर्नुहोला । भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको बस्तु बढ्लान् । ऋण रोग र शत्रुप्रति सजग नै रहनु होला ।
बृष – लाभवृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।
मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान प्राप्त होला । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।
कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह – भागदौड बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा र यात्रामा लापर्वाही नगर्नुहोला । अरुको भरमा नबस्नु बेस होला ।
कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यवर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ ।
वृश्चिक – आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । आफ्नै सामर्थ्यले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नुहोला । विवादमा पर्नु उचित हुनेछैन । हांसविलास, खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शान्ति बढ्ला ।
मीन – समय शुभ भाग्यवर्धक छ । यात्रा होला । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सुख सन्तति बढ्ला ।
प्रतिक्रिया