- शम्भु पुडासैनी
पवित्र गङ्गा जल लत्यायो उसले
डलर र बाइबल हत्यायो उसले
झुट अनि भ्रमको खेती नबुझेर
दलालका कुरा पत्यायो उसले
अगाडिको भाग मात्र द्रेखेर
आङमा हिलो खत्यायो उसले
रीति संस्कृतिलाई थुकेर त्यसै
गीता र बेद बत्यायो उसले
विकृति छर्दै सभ्य समाजभित्र
गरिबी प्रलोभनमा मत्यायो उसले
प्रतिक्रिया