‘उठ तिलोत्तमा’को परिचर्चा

‘उठ तिलोत्तमा’को परिचर्चा


कथाकार शशी थापा पण्डितको कथाकृति ‘उठ तिलोत्तमा’को विशेष परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित उठ तिलोत्तमा’को विशेष परिचर्चा कार्यक्रममा सो पुस्तकबारे साहित्यकारहरू श्रीॐ श्रेष्ठ रोदन, नयनराज पाण्डे र डा. सावित्री मल्ल कक्षपतिले कृतिबारे चर्चा गर्नुभयो ।

सो अवसरमा पुष्कर लोहनी, अध्यक्ष राधेश्याम लेकाली, कथाकार शशी थापा पण्डित र सखी प्रतिष्ठानका अध्यक्ष मञ्जिला अनिलले मन्तव्य राख्नुभएको थियो ।

वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सो कार्यक्रम साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको थियो ।